काठमाडौं, कात्तिक २१ । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले विदेश विभाग प्रमुखको जिम्मेवारी धर्मेन्द्र सापकोटालाई दिएको छ ।

पार्टीको अन्तरिम विधान २०७९ को धारा ३५ (ख) बमोजिम सापकोटालाई विभागको जिम्मेवारी दिइएको आजपाले जनाएको छ ।

पार्टीले दिएको जिम्मेवारीलाई प्रभावकारी ढंगले वहन गर्ने सापकोटाले प्रतिबद्धता जनाएका छन् । सापकोटा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवन अध्यक्ष थिए । आजपाको केन्द्रीय सदस्यसमेत रहेका उनी गत असोज २५ गते पार्टी प्रवेश गरेका थिए ।