काठमाडौं, कात्तिक २१ । तेह्रथुमको छथर गाउँपालिकाले मलामी खाजाबापत ५ हजार रुपैंया दिँदै आएको छ ।

गाउँपालिका अध्यक्ष सन्तबीर लिम्बूले मलामी खाजा खुवाउनका लागि ५ हजार रुपैंया गाउँपालिकाले दिने गरेको बताए । उनले मलामी बोक्नका लागि ट्रयाक्टसरमेत निःशुल्क उपलब्ध गराइदै आएको जनाएका छन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा पनि अध्यक्ष भएर अनुभव हासिल गरेका उनले जनताको सेवा नै आफ्नो प्रमुख उद्येश्य भएको बताएका छन् । ‘मेरो अरु दायाँबायाँ कुर छैन, जसरी होस् जनताले न्याया र सुविधा पाउनुपर्यो’ उनले भने ‘स्थानीय तह जनताको अभिभावक भएपछि उसले अभिभाभकत्व ग्रहण गर्नुपर्छ ।’

अघिल्लो आर्थिक वर्षदेखि गाउँपालिकाले मलामीका सम्बन्धमा यस्तो निर्णय गरेको हो । केही दिनअघि वडा नम्बर ५ वस्ने सामाजिक एवम् राजनीतिक व्यक्तित्व डिल्लिशोर तुम्खेवा लिम्बू र सोही वडा निवासी अर्जुन तुम्खेवा लिम्बुको कात्तिक १६ गते निधन भएको थियो । गाउँपालिका अध्यक्ष वडाअध्यक्ष, गाउँपालिकाका प्रवक्ता तथा समाजसेवीहरुले घरमै पुगेर समवेदना प्रकट गरेका थिए ।

गाउँपालिका र वडाले समवेदनापत्र पनि दिएको थियो । यो गाउँपालिकामा ६ वटा वडा रहेका छन् ।