काठमाडौं, मंसिर ३ । कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पपछिको उद्धार, राहतका लागि सरकारको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १५ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग आएको छ ।

कोषमा मंसिर १ गतेसम्म १५ करोड २८ लाख २९ हजार रुपैयाँ संकलन भएको हो । भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको थियो । सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले बिहीबारसम्म संकलन भएको रकम सार्वजनिक गरेको हो ।