काठमाडौं, मंसिर ७ । मकवानपुर केन्द्रबिन्दु भएर बिहीबार राति भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु बनाएर १ बजेर १९ मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको हो । यो भूकम्प काठमाडौं उपत्यकामा समेत महशुस गरिएको थियो । पछिल्लो समयमा पटक पटक आउने भूकम्पले जनजीवन भयभित बनाउँदै आएको छ । गत कात्तिक १७ गते जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर आएको भूकम्पमा परी धेरै मानिसको मृत्यु भएको थियो भनें त्यहाँका मानिसको जिवन अझै पनि सहज बन्न सकेको छैन । त्यो भूकम्पले रुकुम पश्चिममा पनि ठूलो क्षति पुर्याएको छ ।