काठमाडौं, मंसिर ७ । काठमाडौंको बल्खु चोकमा ढुंगामुढा र तोडफोड भएको छ ।

कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शन गरेको छ । युवा संघले तीनकुनेमा प्रदर्शन गरेको छ । ढुंगामुढाबाट बल्खु आसपासका केही संरचनामा क्षति पुगेको छ भने केही मोटरसाइकल र गाडीमा पनि क्षति पुगेको छ । बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ । सभालाई लक्षित गर्दै प्रहरीले काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रसाइले गणतन्त्र ढालेर राजतन्त्र ल्याउने बताउँदै आएका छन् ।