काठमाडौं, मंसिर ११ । मंसिर ७ गते बसेको डोल्पाको हवाई सेवा तथा सडक यातायात सम्बन्धी सहजीकरण बैठकले सरकारी कोटाका लागि दुई सिट अनिवार्य सुरक्षित राख्नुपर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहाल, जिल्ला समन्वय समितिका सभापति श्यामबहादुर रोकाया, ठूलीभेरी नगरपालिकाका प्रमुख सुवर्णकुमार बुढाको उपस्थितिमा बसेको बैठकले प्रत्येक एयरलाइन्सले सरकारी कोटाका लागि दुई सिट अनिवार्य सुरक्षित राख्नुपर्ने निर्णय गरेको हो । यी दुई सिट उडान हुने अघिल्लो दिनको साँझ ४ बजेसम्म बुक नभएमा भने अन्य सर्वसाधारणलाई वितरण गर्न सकिने निर्णयमा जनाइएको छ ।