काठमाडौं । नेपाल विद्यावारिधी संघको हालै सम्पन्न १५ औं साधारणसभाबाट डा. रामशरण थपलिया पनि कार्यसमितिको सदस्यमा चयन भएका छन् । थपलिया ठमेल पर्यटन परिषदका पूर्वअध्यक्ष पनि हुन् ।

नयाँ कार्यकालका लागि डा. सुनिलबाबु श्रेष्ठ अध्यक्षमा चयन भएका छन् । नयाँ कार्यसमितिको उपाध्यक्षमा डा. चन्द्रकान्त ज्ञवाली, महासचिवमा डा. अलकबाबु प्रसाईले जिम्मेवारी पाएका छन् । संघको सचिवमा डा. सुन्दरीदेवी पोखरेल, कोषाध्यक्षमा डा. सारिका अमात्य चयन भएकी छिन् । त्यसैगरी कार्यसमिति सदस्यहरुमा थपलियासहित, डा. भोलानाथ ढकाल, डा. दिवस अमात्य, डा. लेखनाथ भण्डारी, डा. रमेशकुमार भण्डारी र डा. सुरक्षा सुवेदी चयन भएका छन् ।