काठमाडौं, मंसिर १४ । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज धनगढी एफसी र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदैछ ।

यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुने छ । दुवैको यो दोस्रो खेल हो । साविक उपविजेता धनगढीले पहिलो खेलमा वीरगञ्ज युनाइटेडलाई २–१ जित हात पार्दा बुटवल लुम्बिनी भने ललितपुर सिटी एफसीसँग २–० ले पराजित भएको थियो । धनगढी लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुने छ । बुटवल लुम्बिनी भने पहिलो जितको अभियानमा हुने छ ।