काठमाडौं, मंसिर १५ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

बिहीबार मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रेलको मूल्य घटाएको हो । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ मुल्य घटेको हो । एलपी ग्यासको मूल्य भने यथावत छ । नयाँ मूल्यअनुसार झापाको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोलको मूल्य १ सय ६७ रुपैयाँ ५० पैसा पर्ने छ । सुर्खेत र दाङ क्षेत्रमा १ सय ६९ रुपैँया तथा काठमाडौं, पोखरा र दिपालय डिपोको १५ किलोमिटर क्षेत्रमा एक लिटर पेट्रोलका लागि १७० रुपैयाँ पर्ने छ ।

एलपी ग्यासको मुख्य देशभर प्रतिसिलिण्डर १८ सय ९५ रुपैयाँ नै कायम रहेको निगमले जनाएको छ ।