
काठमाडौ, मंसिर २० । एनसेलको शेयर खरिदबिक्रीबारे छानबिन गर्न आज प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठक बस्दैछ ।
बैठक दिउँसो २ बजे बस्ने समिति सचिव एकराम गिरीले बताए । सत्तारुढ गठबन्धनको मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले एनसेलको शेयर खरिद बिक्री शंकास्पद भएको निष्कर्ष निकालेको थियो । गठबन्धनले यो विषयलाई गम्भीरतापूर्वक छानबिन गर्न सरकारलाई आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्य सचिव र सचिवहरुलाई राखेर सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग बालुवाटारमा छलफल गरेका थिए ।
नेताहरुले एनसेलको सेयर खरिद बिक्रीलाई गम्भीर रुपमा लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई समर्थन गरेका थिए ।
