
काठमाडौं, २१ मंसिर । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा एक लाख १८ हजार ६ सय रुपैयाँ तोकिएको छ । हिजो एक लाख १८ हजार चार सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने २० रुपैयाँले घटेको छ । हिजो तोलाको एक हजार चार सय ८० रुपैयाँ रहेको चाँदीको भाउ आज एक हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
