काठमाडौं, मंसिर २४ । आगामी निर्वाचनमा आउने मत परिणामको बारेमा सबैजसो पार्टीले आफ्नो मूल्यांकन थालिसकेका छन् । हिजोको निर्वाचनमा ठूलो पार्टी भएको कांग्रेसलाई पनि अहिले आएर भोलिको अवस्था के हुन्छ भन्ने डर भएको छ ।

नयाँ पार्टीको उदय भएसँगै उनीहरुले जनताको मन जितेकाले पुराना पार्टीलाई डर हुनु स्वभाविक पनि हो । उनीहरुले आफूसँग पुरानो जनमत भएकाले जुनसुकै निर्वाचन सजिलै जित्ने दाबी गर्दै आए पनि पछिल्लो घटनाक्रमले उनीहरुको सपनालाई तुहाइदिएको छ ।पार्टीले जनताको पक्षमा नयाँ कार्यक्रम दिन नसक्नु र नेता तथा कार्यकर्तालाई जागरुक बनाउन नसक्नु उनीहरुको ठूलो कमजोरी हो । यो गाउँमा र यो वडामा यति भोट छन् भनेर गणना गर्दै बसेका उनीहरुलाई पछिल्लो परिणामले कुनै पनि जनता आफ्नामात्र मतदाता हुने रहेछन् भन्ने सिकाएको छ तर पनि उनीहरुमा अझै पनि अरु कुराले छुन सकेको छैन । पुराना पार्टीले गरेका गलत कामको विषयमा जनता जानकार भएकाले पनि मानिसहरु विकल्प खोज्ने अवस्थामा पुगेका छन् ।

FILE PHOTO OF 20th JULY; A Portrait of Nepal’s Prime Minister Khadga Prasad Oli attending General Federation of Nepalese Trade Unions (GEFONT), 6th National Congress Delegates Council on 20th July, 2016 at Kathmandu, Nepal. Prime Minister KP Sharma Oli has presented resignation from the post on 24 July, 2016. The parliament meeting has been postponed for 15 minutes after the PM informed the parliament about his resignation from the post. (Photo by Narayan Maharjan/NurPhoto via Getty Images)

हिजोको दिनमा कांग्रेस र एमालेमात्र प्रमुख पार्टी थिए ती पार्टीमा मानिसहरु आइजाई गर्थे । एउटा पार्टी चित्त नब्ुझे अर्कोमा जाने र अर्को चित्त नबुझे अर्कोमा जाने चलन थियो । पछि माओवादीको जन्म भएपछि असन्तुष्टहरु सबैजसो माओवादीमा लागेका थिए । एकातिर पुराना पार्टीसँगको असन्तुष्टि र अर्कातिर अवसरको खोजीका लागि उनीहरुले नयाँ पार्टी रोज्नु स्वभाविक पनि थियो । माओवादीले पनि भन्ने एउटा र गर्ने अर्को गर्न थालेपछि माओवादीप्रति पनि मानिसको आस्था हराउँदै गएको छ । माओवादीले द्वन्द्वकालमा निम्त्याएको हत्या र हिंसाको श्रृखलाका कारण मानिसहरुमा माओवादीप्रतिको नकारात्मक छाप अझै हट्न सकेको छैन ।

यी तीनवटा पार्टीको विकल्पमा राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विभिन्न ढंगले अभियान चलाउनेहरु आएका छन् । मानिसले अभियान चलाउनेलाई पनि राम्रो समर्थन गर्नु भनेको त्यो पनि दलप्रतिको असन्तुष्टिको एउटा राम्रो संकेत हो । जुनसकुै नयाँ पार्टीले पनि सुरुमा मानिसलाई प्रभाव पार्ने गरेका भए पनि पछि जनभावना अनुसार काम गर्न नसक्दा आलोचित हुनुपरेको छ ।