Photo: Tika Ram Pradhan

काठमाडौं, मंसिर २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् ।

उनले गत बुधबार नै प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएको जनाइएको छ । उनले राजीनामा दिनुको कारण भनें खुलाइएको छैन । उनको राजीनामा पनि स्विकृत भइसकेको छैन । प्रधानमन्त्री प्रचण्डले गजुरेललाई २०७९ माघ ९ गते प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेका थिए । उनले मन्त्रीसरह सुविधा पाएका थिए । सिन्धुलीका गजुरेल पटकपटक सांसद निर्वाचित भइसकेका छन् भनें उनी पूर्वमन्त्री पनि हुन् ।