काठमाडौं । झापाको गौरादह नगरपालिका वडा नम्बर ३ ले ‘मतदातासँग जनप्रतिनिधि’ कार्यक्रमअन्तर्गत सोमबार र मंगलबार अन्तरक्रिया गर्ने भएको छ ।

वडाअध्यक्ष दिलिप कुमार भण्डारीले गत बुधबार एक सूचना जारी गरी कार्यक्रममा उपस्थितिका लागि सबैलाई आग्रह गरेका छन् । सूचनामा टोल विकास संस्था, वडामा क्रियाशील राजनीतिक दलका प्रतिनिधि, स्थानीय बुद्धिजिवी, उद्योगी तथा व्यवसायीका साथै सर्वसाधरणलाई समेत आमन्त्रण गरिएको छ । सोमबार वडाका दुई स्थानमा र मंगलबार पनि दुई स्थानमा अन्तरक्रिया हुने सूचनामा जनाइएको छ । कार्यक्रममा नगर प्रमुख, जनप्रतिनिधिका साथै नगरपालिकाका विभिन्न शाखाका प्रमुखको पनि उपस्थिति रहने वडाद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।