काठमाडौं, ८ पौष । आजदेखि सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली सुरु गरिँदैछ ।

यसको शुभारम्भ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले गर्दैछन् । प्रधानन्यायाधीश श्रेष्ठले आज बिहान ११ बजे पाटन उच्च अदालतबाट सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणालीको शुभारम्भ गर्ने सर्वोच्च प्रशासनले जनाएको छ । यसअघि गोला प्रथाबाट पेशी तोकिन्थ्यो । तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसंगति हटाउन स्वचालित पेशी प्रणाली लागु गर्न सुझाव दिएको थियो ।