
काठमाडौं, पौष १२ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि बस्दैछ । बेठक दिउँसो एक बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।
बैठकमा सरकारको एक वर्षको समीक्षा हुने जनाइएको छ । बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको कार्यसम्पादनको समेत समीक्षा हुने कांग्रेस नेताहरूले बताएका छन् । बैठकमा पार्टीबाट सरकारमा गएका मन्त्रीले आफूले गरेका कामको जानकारी गराउने र त्यसमाथि छलफल हुने जनाइएको छ । राष्ट्रियसभा निर्वाचनलगायतका विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ । राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुँदैछ । १९ जना सदस्यको लागि निर्वाचन हुन लागेको हो ।
