काठमाडौं, पौष २८ । नेपाली कांग्रेसनिकट नेपाल डेमोक्रेटिक लयर्स एशोसियशन (डिएलए) वागमती प्रदेशले हिजो भेला गरेको छ ।

डिएलएका केन्द्रीय उपाध्यक्ष जनकराज श्रेष्ठको अध्यक्षतामा भएको भेलाले ‘भावी कार्यदिशा तथा चुनौती’ का बारेमा गोष्ठीसमेत गरेको केन्द्रीय उपाध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा डिएलए नेपालका अध्यक्ष सिताराम के.सी.प्रमुख अतिथि रहेका थिए । नेपाली कांग्रेसका वागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ विशिष्ठ अतिथि रहेको कार्यक्रममा नेपाली कांग्रेस काठमाडौ सभापति सबुज कृष्ण बानियाँ, नेपाल बार एशोसियशनका अध्यक्ष गोपालकृष्ण घिमिरे तथा नेपाली कांग्रेसका केन्द्रीय निर्वाचन समितिका संयोजक तथा पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खातीलगायतको उपस्थिति रहेको थियो ।

भेलाले डिएलए वागमती प्रदेशका सभापति जनकराज श्रेष्ठको सभापतित्वमा ११ सदस्यीय कार्य समिति गठन गरेको छ । काठमाडौंको दियालो फुडल्याण्ड वसुन्धारामा भएको भेलाले उपाध्यक्षमा रामकृष्ण शर्मा, सचिवमा रामचन्द्र ओझा, सह–सचिवमा राजेश्वरी महर्जन, कोषाध्यक्षमा प्रियकुमार थापा चयन गरेको छ । त्यस्तै कार्यसमिति सदस्यहरुमा रामचन्द्र भट्ट, सुवासचन्द्र अधिकारी, बुद्धरत्न प्रजापति, जयराम थापा, रंगिता आचार्य, माइलाकाजी महर्जनलाई मनोनयन गरेको छ ।