
काठमाडौं, माघ २४ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा दलीय आधारमा नेताहरुले मन्तव्य राख्ने कार्यसूची छ । मंगलबारदेखि बैठक सुरु भए पनि पहिलो दिन नेताहरूले बोलेका थिएनन् । यसअघि बैठक सुरु भएका दिन नै नेताले बोल्ने गरेका थिए । आजकै बैठकमा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक दफावार छलफलसहित पारित गर्ने कार्यसूची छ ।
