
काठमाडौं, फाल्गुण ३ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।
समसामयिक राजनीतिक विषयहरू र पार्टीको केन्द्रीय कमिटीको बैठकको तयारीका सन्दर्भमा छलफल गर्न सचिवालय बैठक बोलाइएको पार्टीले जनाएको छ । नेताहरूका अनुसार आज दिउँसो ३ बजेका लागि सचिवालय बैठक बोलाइएको हो । समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । बुधबार पनि महासचिव शंकर पोखरेलको नेतृत्वमा केन्द्रीय कार्यालयमा बैठक बसेको थियो । नेताहरूका अनुसार फागुन दोस्रो साता केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी भइरहेको छ ।
