
काठमाडौं, फाल्गुण ४ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।
हिजोको केन्द्रीय समिति बैठकमा महासमिति बैठकमा प्रस्तुत गर्न तयार गरिएका प्रतिवेदनहरू छलफलका लागि प्रस्तुत गरिएको थियो । बैठकमा उपसभापति पूर्णबहादुर खड्काले पार्टीको नीति, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीति र महामन्त्री गगन थापाले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपसभापति खड्काको नीति प्रस्तावमा राजनीतिक, आर्थिक, सामाजिक र परराष्ट्र नीति समेटिएको छ । नीति प्रस्तावमा उक्त विषयका वर्तमान चुनौती र समाधानका लागि पार्टीको प्रतिबद्धता पनि उल्लेख गरिएको छ । महामन्त्री थापाको सांगठिनक प्रस्तावमा पार्टीको वर्तमान अवस्था, सांगठनिक गतिविधि, नेता कार्यकर्ताको मनोविज्ञान, निर्वाचनमा गठबन्धन गर्ने नीति, मिसनमा प्रस्टता, जिम्मेवारी र जबाफदेही, १५ औँ महाधिवेशनको कार्यतालिका लगायतका विषय समेटिएको छ ।
कांग्रेसको महासमिति बैठक सोमबारदेखि बोलाइएको छ ।
