
काठमाडौं, फाल्गुण ७ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा पत्रकारले प्रवेश नपाएपछि सडकमा क्यामरा राखेर प्रदर्शन गरेका छन् ।
सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रवेश नदिइएपछि फोटो पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका छन् । सूचना तथा प्रसारण विभागको कार्डले समेत प्रवेश नदिएपछि पत्रकारहरूले सांकेतिक विरोध गरेका हुन् । समारोहको निमन्त्रणापत्र भएमात्रै प्रवेश दिने भन्दै पत्रकारहरूलाई आयोजकले प्रवेश गर्न दिएको छैन ।
