काठमाडौं, फाल्गुण १० । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमितिको बैठक आज समापन हुँदैछ ।

सोमबारबाट सुरु भएको बैठक छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि समापन हुन लागेको हो । महासमिति बैठकको अन्तिम दिन आज बिहान समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरूले पदाधिकारीसहितको उपस्थितिमा हुने बैठकमा प्रस्तुत गर्नेछन् । त्यसपछि अपराह्न समापन समारोह गर्ने पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

फागुन ७ गतेदेखि सुरु बैठकमा देशभर र विदेशस्थित जनसम्पर्कका गरी दुई हजार बढी महासमिति सदस्य सहभागी छन् ।