काठमाडौं, फाल्गुण ३० । राष्ट्रियसभाको विषयगत समितिको निर्वाचन चैत ४ गते हुने भएको छ ।

राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले आज सूचना निकालेर समितिका सभापतिहरुको निर्वाचनसम्बन्धी कार्यक्रम प्रकाशन गरेका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापा र दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थको कार्यकाल गत २० फागुनमा सकिएको छ त्यसैले यी दुई समितिको सभापति पदमा निर्वाचन हुन लागेको हो । राष्ट्रिय सरोकार तथा समन्वय समितिको नाम फेरिएर संघीयता, सवलीकरण तथा राष्ट्रिय सरोकार समिति नामकरण गरिएको छ । दिगो विकास तथा सुशासन समितिको नाम फेरिएर विकास, आर्थिक मामिला तथा सुशासन समिति राखिएको छ ।

यी दुई समितिको सभापतिका लागि ३ चैतमा मनोनयन हुने छ । राष्ट्रियसभामा ४ वटा समिति रहेका छन् । प्रतिनिधिसभामा १० वटा र दुइवटा संयुक्त समिति रहेका छन् ।