काठमाडौं, चैत्र १२ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को उद्योग व्यवसाय विशेष जिल्ला कमिटी, शैक्षिक परामर्श इलाका अन्तर्गत शैक्षिक परामर्श शाखा काठमाडौँको सातौँ अधिवेशनबाट श्रीराम गिरी अध्यक्षमा निर्वाचित भएका छन् ।

हालै भएको अधिवेशनले कमिटीको उपाध्यक्षमा राम थापा, सचिवमा निराजन शिवाकोटी, उप–सचिवहरुमा रजनी भट्टराई, दिपक खनाल र सदस्यहरूमा रामकुमार राई, मोहन खड्का र सन्तोष बस्नेत निर्वाचित भएका छन् । उपाध्यक्ष थापा प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघका केन्द्रीय कोषाध्यक्षसमेत हुन् ।

विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएका व्यवसायीले यस व्यवसायको हकहित गर्न कमिटी गठन गरिएको जनाएका छन् । अध्यक्ष गिरी नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का केन्द्रीय सदस्यसमेत हुन् ।