काठमाडौं, चैत्र १२ । प्रेसिडेन्ट सेकुवा कर्नरले होलीको अवसरमा विशेष कार्यक्रम गरेको छ ।

काठमाडौंको चक्रपथमा रहेको प्रेसिडेन्टमा होली कार्यक्रमको आयोजना गरिएको प्रसिडेन्ट विजनेस ग्रुपका अध्यक्ष शंकर भण्डारीले बताए ।

‘हामीले सबैलाई होली खेल्न आव्हान गरेका थियौं, सबैजसो आउनुभयो रमाइलो भयो’ भण्डारीले भने ‘सधैं काममा व्यस्त हुने प्रेसिडेन्टका सबै कर्मचारीहरुलाई एकै ठाउँमा बोलाएर धुमधामका साथ पर्व मनायौं ।’ भण्डारीले ५ बजेसम्म होली खेलिएको र त्यसपछि सेकुवा कर्नर खोलिएको पनि बताए ।

कार्यक्रममा उपस्थित केही कलाकारले पनि आफ्नो प्रस्तुति दिएका थिए । पत्रकार अप्सरा गौतमले संचालन गरेको कार्यक्रममा सहभागीहरुले नाचेर होलीलाई थप आकर्षक बनाएका थिए । १९ वर्षअघिदेखि संचालनमा आएको प्रेसिडेन्टले विभिन्न १४ स्थानमा शाखा संचालनमा ल्याएको छ ।

अध्यक्ष भण्डारीले केही समयमै काठमाडौंको एयरपोर्टमा र चितवनमा पनि शाखा संचालन हुने बताएका छन् ।