काठमाडौं, वैशाख २० । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय निर्वाचन तदर्थ समिति गठन गरेको छ ।

केन्द्रीय कार्यकारिणी समितिले दिएको अधिकारबमोजिम पार्टीको केन्द्रीय कार्यालय समितिले अधिवक्ता दीपेन्द्र झाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यहरूमा मनोजकुमार बर्मा, भुवनेश्वर चौधरी, आशा राई र देवनारायण यादव चयन भएका छन् । समयमै निर्वाचन गर्ने सोचमा पार्टी रहेको केन्द्रीय सदस्य सन्तोष सिलवालले बताए ।