काठमाडौं, असार २ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटमा असन्तुष्टि जनाएका छन् । संसदीय दलको बैठकमा सम्बोधन गर्दै उनले बजेट अर्थमन्त्री वर्षमान पुनको हो कि नेकपा (माओवादी केन्द्र) को ? समेत भन्न भ्याए ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१÷०८२ को बजेट जेठ १५ गते प्रस्तुत गरेका थिए । ओलीले अर्थमन्त्री र अर्थमन्त्री रहेको पार्टीमाथि नै आरोप लगाएपछि शंका गर्ने ठाउँ सुरु भएको छ । सरकारको नेतृत्व नगरेको भए पनि सत्ता गठबन्धनमा रहेको ठूलो दल एमालेको समर्थनबिना बजेट आएको भन्ने लाग्दैन । बजेट आगामी साउन १ गतेबाट लागु हुने छ । ओलीले लगाएको आरोपलाई लिएर नेकपा (माओवादी कैन्द्र) पनि रिसाएको छ । पहिले जुनसुकै समयमा पनि बजेट आउने भएपछि २०७२ साल असोज ३ गते जारी संविधानमा जेठ १५ गते नै बजेट ल्याउनुपर्छ भनेर संवैधानिक व्यवस्था गरिएको हो । त्यसपछि जस्तोसुकै अवस्था आइपरेृ पनि समयमा नै बजेट आउने गरेको छ । बजेट आफ्नो पक्षमा पार्न नेताहरुले सधैं ‘लविङ’ गर्ने गर्दछन् । पार्टीका प्रमुख र पहुँच भएका नेताहरुको क्षेत्रमा भनें अर्थमन्त्रीले पनि केही भनसुन नै नगरी बजेट पारिदिने गर्छन् भनें कमजोर पहँुच भएका सांसदहरु भनें दिनैपिच्छे मन्त्रालय धाउनुपर्ने अवस्थाको अन्त्य हुन सकेको छैन ।

यसअघि पहुँचवाला नेताले आफ्नो क्षेत्रमा बढी बजेट लगे भनेर आलोचना हुने गरेको भए पनि यस पटक भनें त्यस्तो समाचार नआउनु सुखद् पक्ष हो । शेरबहादुर देउवा, ओल? प्रधानमन्त्री प्रचण्डलगायतका नेताहरु यसअघि आलोचित भएका थिए । कुन ठाउँमा बजेट चाहिएको छ र त्यहाँको आवश्यकता के हो भनेर हेर्नुभन्दा पनि मनपरी ढंगले बजेट छुट्याइने गरेका कारण अर्थमन्त्रीहरु प्रायः विवादमा पर्ने गरेका छन् । आफ्ना पार्टीका अर्थमन्त्री भए बढी बजेट लाने दाउ सबैले गरेका हुन्छन् ।

बजेट राम्रो नै आए पनि फरक पार्टीको सरकार भए आलोचना गर्ने पुरानै संस्कार हो । बजेटको भित्री तहमा पुगेर मूल्यांकन र समीक्षा गर्नुभन्दा पनि सतही कुरा गर्नाले एकपछि अर्को गरी समस्या बढ्दै गएको छ ।