
काठमाडौं, साउन १ । नेपाली कांग्रेसका प्रभावशाली नेता बलबहादुर के.सी.लाई हराएका नेकपा एमालेका सांसद मानवीर राई रक्षामन्त्री बनेका छन् ।
राइले सोलुखुम्बु–१ बाट २०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचन जितेका हुन् । के.सी. पटकपटक सांसद र मन्त्री भइसकेका थिए तर पनि राइले उनलाई हराइदिए । सोलुखुम्बुमा प्रतिनिधिसभाको एउटा मात्रै निर्वाचन क्षेत्र रहेको छ ।
