

काठमाडौं, साउन १ । अमेरिकाको फ्लोरिडामा रहेको एक अदालतले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अवैध रूपमा गोप्य कागजात राखेको आरोपको मुद्दा खारेज गरेको छ ।
न्यायाधीश इलिन क्याननले यो मुद्दा ल्याउने अधिकार कसैलाई नभएको भन्दै ट्रम्पको पक्षमा फैसला सुनाएका हुन् । ट्रम्पले नियुक्त गरेका न्यायाधीश क्याननले ९३ पृष्ठ लामो फैसला सुनाएको बीबीसीले जनाएको छ । ट्रम्पमाथि अमेरिकी राष्ट्रपति पद छाडेपछि ह्वाइट हाउसबाट गोप्य कागजात गलत ढंगले आफ्नो निजी निवासमा लगेको आरोप लागेको थियो ।
