
चन्दन रौनियार
सुनसरी, साउन २३ । लायन्स इन्टरनेशनल अन्तर्गत रहेका लायन्स, लियो क्लबहरुको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
सुनसरीको इटहरीमा रहेको दुर्गा पाटी प्यालेसमा भएको कार्यक्रममा भारती श्रेष्ठको अध्यक्षतामा लायन्स क्लब अफ इटहरी मनकामना लगायतका साथै अन्य लायन्स र लियोहरुको पनि नयाँ कार्यसमिति चयन गरिएको छ । लायन्स क्लब अफ इटहरी मनकामनाको नयाँ कार्य समितिको प्रथम उपाध्यक्षमा सिनेट रिजाल , सचिवमा विजया प्याकुरेल, कोषाध्यक्षमा भिमबहादुर श्रेष्ठ र सदस्यहरुमा तेजस्वी रिजाल, पृथ्विया थापा, रनिस घिमिरे, धिरज साह, सन्तोष पुरी, विदुर आचार्यलगायत रहेका छन् ।
त्यस्तै लियो क्लब अफ इटहरी मनकामनाको अध्यक्षमा प्रतिभा अधिकारी, प्रथम उपाध्यक्षमा मनिसा खड्का, द्धितीय उपाध्यक्षमा शान्ति दाहाल, सचिवमा कृतिका उप्रेती, कोषाध्यक्षमा सृिष्ट दाहाल र स्वर्णिमा अधिकारी रहेका छन् त्यस्तै सदस्यहरुमा करण प्याकुरेल, रोजी श्रेष्ठ, रचित श्रेष्ठ, मनिसा ढकाल, ईशा दाहाल, प्रशंसा अधिकारी, अंस श्रेष्ठ रहेका छन् । नयाँ कार्यसमितिलाई कार्यक्रमका प्रमुख अतिथि ‘लायन्स डिष्ट्रिक्ट ३२५ सी’ का गर्भनर विकास अधिकारीले पदस्थापन गराइ सपथ गराएका थिए ।
लायन्स क्लब इटहरी सिटिजन्सका अध्यक्ष टंक फुयालको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा लायन्स क्लब अफ इटहरी सुनसरीका अध्यक्ष तेजबहादुर पुरी , एरिया चारका चिफ को–अडिनेटर थानेश्वर ढकाल, लायन्स क्लब अफ इटहरी मनकामनाकी सस्थापक अध्यक्ष सुमी थापा, माया घर नेपालकी अध्यक्ष शुभद्रा प्याकुरेल, ज्योति माविका प्रधानाध्यापक चिरन्जीवि भट्टराई, जनता बहुमुखी क्याम्पसका प्राध्यापक विमल नेपाल, पत्रकारहरु चन्दन रौनियार, पवन अधिकारी, दिपक कार्कीसहित विभिन्न संघसंघठनका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
