
काठमाडौं, कात्तिक ६ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले कात्तिक १० गते शनिबार काठमाडौंमा प्रदर्शन र खबरदारीसभा गर्ने भएको छ ।
सरकारले एक सय दिन मनाइरहँदा सरकारको कामको विरोध गर्दै आएको नेकपा (माओवादी केन्द्र) ले सरकारलाई सचेत गराउन सभा गर्न लागिएको जनाएको छ । सरकारका गलत कमदको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा खबरदारीसभा गर्ने निर्णय गरेको पार्टीले जनाएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालयको बैठकले खबरदारीसभा गर्ने निर्णय गरेको जानकारी गराएका हुन् । उनले खबरदारीसभाको तयारीमा जुट्न सबै कमिटीहरूलाई निर्देशन दिए ।







