
काठमाडौं, पौष २८ । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गतेका लागि आव्हान हुने भएको छ ।
कोशी प्रदेश सरकारको आज बिहान बसेको बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्नका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।
