काठमाडौ, फाल्गुण २०ं । काठमाडौं महानगरपालिकाका वडा नम्वर २९ का वडाध्यक्ष कुश ढकालले सबैको साझा प्रयासले वडाको नयाँ प्रशासनिक भवन निर्माण भएको बताएका छन् ।

गत माघ २५ गते उद्घाटन गरिएको नयाँ प्रशासनिक भवन अनामनगरमा रहेको छ । यसअघि वडा कार्यालय वडा नम्बर ३० मा रहेको डिल्लीबजार पीपलबोट नजिकैबाट सञ्चालन हुँदै आएको थियो । अहिले बनाइएको वडा कार्यालयमा सेवाग्राहीका लागि सबै प्रकारको सुविधा उपलब्ध गराइएको अध्यक्ष ढकालले बताए । औपचारिक उद्घाटन समारोहमा उपस्थित अतिथि तथा वक्ताहरुले वडाध्यक्ष ढकालको पहलमा वडा भवन बनेको भनेर भनिरहेपछि ढकालले सबैको सहयोगले नै वडा भवन बनाउन सफ भएको स्पष्ट पारे । ‘म अध्यक्ष भएकाले मैले बढी प्रयास गरें, यो कुरा ठिकै हो तर सबैको सहयोग नभएको भए मैले मात्रै चाहेर हुने थिएन त्यसैले सबैको सहयोगबाट नै यो भवन बनेको हो’ वडाध्यक्ष ढकालले भने । ढकालको यो दोस्रो कार्यकाल हो । २०७४ सालमा वडाध्यक्ष भएदेखि नै सुविधासम्पन्न भवन बनाएर जनतालाई सहज सेवा दिनुपर्छ भन्ने आफुलाई लागिरेहको पनि ढकालले बताए ।

वडासचिव शम्भु बरालले सञ्चालन गरेको कार्यक्रममा उपस्थितहरुले नयाँ भवनमा धेरै सुविधा भएकाले सेवा लिने र दिने कुरामा सहजता हुने विश्वास गरेका थिए ।