काठमाडौं , चैत्र १। पूर्वराजा ज्ञानेन्द्र शाह बोलेपछि केही मानिसहरु तर्सिएका छन् । पूर्वराजाको सक्रियता बढेसँगै गणतन्त्रवादी राजनीतिक दलको भनें सातो गएको छ ।

पूर्वराजाले विभिन्न पर्व र उत्सवमा देशवासीका नाममा शुुभकामना दिँदै आएका छन् । गत फाल्गुण ७ गते प्रजातन्त्र दिवसको अवसरमा उनले दिएको शुुभकामनाले भनें नेताहरुलाई झस्काएको छ । उनले दिने प्रत्येक शुुभकामना सन्देशमा देश र जनताको बारेमा चिन्ता गरिएको पाइन्छ । पूर्वराजाले देश बिग्रिएकोमा आफू चिन्तित भएको भन्दै नेताहरुलाई सचेत रहन आग्रह गर्दै आएका छन् । पूर्वराजा भ्रमणका क्रममा विभिन्न ठाउँमा पुुग्दा जनताले खुलेर नै स्वागत गरेका छन् । नेताहरु जाँदा मानिसलाई भेलामा आउन र भाषण सुन्न किन्नुुपर्ने बेला भएको छ तर पुूर्वराजाको कार्यक्रममा आफूूखुशी आउने गरेको सक्रियता अचम्मकै छ । आजभोलि धेरैजसोले के राजा आउँछन् त ? भनेर प्रश्नसमेत गर्ने गरेका छन् । गणतन्त्र घोषणापछि राजदरवार छोड्ने बेलामा पनि सम्केधन गर्दै उनले ‘जनताले चाहे आफू फेरि राजा भएर आउने’ बताएका थिए ।

पूर्वराजाको सक्रियता र उनको पक्षमा देखिएको जनलहर गणतन्त्रवादी पार्टी र नेताका लागि भनें टाउको दुखाइको विषय भएको छ । नेताहरुले ‘पूर्वराजाको भेला वा जुलुसमा नजाओ’ भनेर कसैलाई भन्न पनि सक्दैनन् । गणतन्त्र स्थापना भएको १७ वर्षसम्म पनि राजनीतिक अवस्थामा सुधार नआएको बरु झन् बिग्रिएर गएको भन्दै अहिले धेरैजसोले पुरानो राजसंस्थाको सम्झना गर्न थालेका छन् ।