काठमाडौं, चैत्र २६ । नेकपा (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश अन्तर्गत उद्यमी–व्यवसायी महाशाखाको शैक्षिक परामर्श शाखाको दोस्रो सम्मेलनले ज्ञानेन्द्रमान जोशीलाई अध्यक्षमा चयन गरेको छ ।

गत शुक्रबार काठमाडौंको बागबजारमा भएको भेलाले जोशीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको कोषाध्यक्ष गौतम पुडासैनीले बताए । उपत्यका विशेष प्रदेशका सह–इन्चार्ज रमेश मल्लको प्रमुख आतिथ्यतामा र महाशाखा इन्चार्ज कृष्ण केसीको विशेष उपस्थितिमा भएको कार्यक्रममा उत्साहजनक उपस्थिति रहेको गौतमले बताए । सर्वसम्मत निर्वाचित शाखाको उपाध्यक्षहरुमा भवनाथ हुमागाई, ंगिताकुमारी रिजाल, फिलिप डिसी, सचिवमा सन्तोष सापकोटा, सह–सचिवमा गोविन्द आचार्य र कोषाध्यक्षमा पुडासैनी चयन भएका छन् ।

शाखाको सदस्यहरुमा मनोज जोशी, राजेन्द्र मैनाली, टिकाराम आचार्य, पवन पौडेल, विमलराज गिरी, सुजन योञ्जन, सुजन आचार्य, मनकुमार तामाङ र वसन्त सापकोटा चयन भएका छन् ।