
राजु तामाङ
न्यूयोर्क, अप्रिल १३ — आगामी नेपाल डे परेड २०२५ को सफल आयोजना एवं तयारीका लागि न्यूयोर्कको टवानहलमा विशेष बैठक सम्पन्न भएको छ।
कार्यक्रमको सञ्चालन सचिव राजु तामाङले गरेका थिए। कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष लक्ष्मी थापाले दिनुभएको थियो भने बैठकको अध्यक्षता छिरिङ शेर्पाज्यूले गर्नुभएको थियो।
बैठकले मनिता गुरुङज्यूलाई कन्भेनर चयन गर्दै विभिन्न संयोजक र उप-समितिहरू घोषणा गरेको छ।
Co-Convener पदमा
१. सन्त बहादुर तामाङ (वरिष्ठ उपाध्यक्ष, तामाङ समाज अमेरिका)
२. राजन गौली (अध्यक्ष, लङ्आईल्यान्ड नेपाली समाज)
३. Richwood Society
४. दानसिंह बिष्ट (अध्यक्ष, सुदूरपश्चिम समाज अमेरिका)
५. ओम विश्वकर्मा (अध्यक्ष, गोर्खा समाज अमेरिका)
६. मनोज सिंह
लाई चयन गरिएको छ।
अन्य संयोजक तथा जिम्मेवारीहरूमा:
• कृष्ण आचार्य — आर्थिक संयोजक
• लाइन्स बेगम पण्डित — आर्थिक विभाग उपप्रमुख
• चमेली परियार — प्रचारप्रसार संयोजक
• बासु लामिछाने — कार्यक्रम व्यवस्थापन प्रमुख
• लक्ष्मी थापा — समुदाय संयोजक
• रश्मि श्रेष्ठ — अतिथि सत्कार संयोजक
बैठकमा सहभागी सम्पूर्ण सदस्यहरूले नेपाल डे परेड २०२५ लाई भव्य, ऐतिहासिक र गौरवान्वित बनाउने साझा प्रतिबद्धता व्यक्त गर्दै विभिन्न उप-समितिहरू गठन र कार्ययोजना तय गरिएको जानकारी गराइएको छ।
गैर-आवासीय नेपाली संघ, न्यूयोर्क शाखा तथा विभिन्न नेपाली संघ–संस्था र समुदायको सहकार्यमा आयोजना हुन गइरहेको नेपाल डे परेड २०२५ न्यूयोर्क सहरमा भव्य रूपमा सम्पन्न गर्ने तयारी सुरु भइसकेको आयोजकले जनाएको छ।
