
काठमाडौं, जेष्ठ २ । काठमाडौं महानगरपालिकाको वडा नम्बर २९ ले आज सर्वपक्षीय छलफल गरेको छ ।
आगामी आर्थिक वर्षमा वडाले गर्नुपर्ने विकासका बारेमा छलफल गरिएको बडा सचिव शम्भु बरालले बताए । ‘वडा सबैको अभिभावक भएकाले कहाँ के समस्या छ र त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर सर्वपक्षीय छलफल गरेका हौं’ वडा सचिव बरालले भने ‘आज आएका सुझावलाई समेटेर नै वडाले योजना तर्जुमा गर्छ ।’ बरालले उल्लेखनीय मात्रामा उपस्थिति भएकाले पनि कार्यक्रम प्रभावकारी भएको बताए ।

Portbet
वडाले छलफलका लागि स्थानीय राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघ सस्था, टोलसुधार समितिका प्रतिनिधिका साथै अन्यलाई पनि आमन्त्रण गरेको थियो । वडा अध्यक्ष कुश ढकाल रहेका छन् । नेपाली कांग्रेसबाट निर्वाचित उनी २०७४ सालमा पनि वडाध्यक्ष भएका थिए । केही महिनादेखि वडाले आफ्नै कार्यालय बनाएर अनामनगरको नयाँ भवनबाट सेवा दिइरहेको छ ।







