बीपीको सम्झनामा शनिबार जोरपाटीमा जनजाति महासंघ काठमाडौले विचारगोष्ठी गर्ने
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसको अवसरमा कांग्रेसको भातृ संस्था नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ काठमाडौं जिल्ला कार्य समितिले शनिबार काठमाडौंको जोरपाटीमा अन्तरक्रिया तथा विचारगोष्ठीको आयोजना गरेको छ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ यसअघि नेपाल आदिवासी जनजाति संघका रुपमा रहेको थियो । आयोजक संस्थाका काठमाडौं सभापति प्रविणबहादुर भडेलले दिउँसो साढे १ बजेबाट कार्यक्रम सुरु हुने बताए । जोरपाटीको पीस बैक्वेटमा हुने कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा शहरी विकासमन्त्री सिता गुरुङ प्रमुख अतिथि रहेकी…

