शनिबार, २७ भदौ २०८३
ब्रेकिङ न्युज
राजनीति

कांग्रेस केन्द्रीय सदस्य गौतम भन्छन् ‘नेताहरुलाई भगवान मान्नुपर्ने हो र ?

admin
admin

काठमाडौं, साउन ४ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले पार्टीको काम कारबाहीप्रति आपत्ति जनाएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनल पार्टी विधानअनुसार नचलेको आरोपसमेत लगाए । उनले ‘पार्टीका नेताहरूलाई भगवान र राजाजस्तै मान्नुपर्ने हो ? भनेर प्रश्न गरे । बैठक मंगलबारबाट जारी छ ।
‘पार्टीका नेताहरू नै भगवान हुन् ? र राजा मान्नुपर्ने हो ? कि विधिले हामीलाई निर्देशित गर्नुपर्ने हो ? यहाँहरूले जे गरे पनि हुने हामीले बोल्न पनि नहुने ?’ उनले भने । बर्दिया १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद तथा पूर्वमन्त्री गौतमले पार्टी हुकुम प्रमाणीजस्तो भएको आरोप लगाए ।

उनले पार्टीले कसैलाई कारबाही गर्ने, कसैलाई कारबाही नगर्ने यस्तो के हो ? भनेर प्रश्नसमेत गरेका थिए । गौतम गत महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालाको समूहबाट उम्मेदवार भएर केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनले २०७०, २०७४ र २०७९ को संसदीय निर्वाचन बर्दियाबाट जितेका हुन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्