समाजसेवा, संस्कृति संरक्षण र मानवीय सहयोगमा सक्रिय नोर्चेल तामाङ सम्मानित
काठमाडौं। समाजसेवा, संस्कृति संरक्षण र समुदायप्रतिको सामाजिक उत्तरदायित्वमा सक्रिय रसुवाका समाजसेवी नोर्चेल तामाङ सम्मानित हुनुभएको छ। संघद्वारा आयोजित दशैं विशेष शुभकामना आदानप्रदान तथा ‘स्रष्टा सम्मान’ कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो। रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५, तातोपानी निवासी तामाङ लामो समयदेखि स्थानीय समुदायसँग नजिक रहेर सामाजिक तथा मानवीय सेवामा सक्रिय रहँदै आउनुभएको छ। विशेषगरी तातोपानी क्षेत्रको संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धनमा उहाँले पुर्याउँदै आएको योगदान उल्लेखनीय रहेको छ। समुदायमा आइपर्ने समस्या र विपद्का समयमा दुःखी, पीडित तथा आर्थिक रूपमा कमजोर…

