बाढीपहिरोका कारण ९ करोड रुपैंयाँभन्दा बढीको क्षति भए पनि एनसेलको सेवा निरन्तर
काठमाडौं, भदौ २३ । भाद्र १० गते रसुवामा आएको भोटेकोशी बाढीका कारण एनसेलको रसुवाको टिमुरेमा रहेको मोबाइल टावरसहित ६० किलोमिटरभन्दा बढी अप्टिकल फाइबरमा पूर्ण क्षति पुगेको छ । प्रारम्भिक आकलनअनुसार बाढीबाट एनसेललाई ९ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको कम्पनीले जनाएको छ । बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट र धादिङका २७ वटा मोबाइल टावर प्रभावित भएका थिए । तीमध्ये २४ वटा साइट पुनः सञ्चालनमा ल्याइसकिएको छ भने बाँकी तीनवटा टावर सञ्चालनमा ल्याउन प्राविधिक टोली फिल्डमा खटिएको एनसेलले जनाएको छ…

