बाढीपीडितका लागि दमक नगरपालिकाको ३१ लाख रुपैंयाँ सहयोग
काठमाडौं, भदौ ३० । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि झापाको दमक नगरपालिकाले ३१ लाख रुपैंयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
नगरपालिकाका मेयर रामकुमार थापाले विपद्मा परेका नागरिकलाई सहयोग गर्नु नगरपालिकाको पनि कर्तव्य भएकाले थोरै भए पनि सहयोग गरिएको बताए । भोटेकोशीमा आएको बाढीले धेरै मानिसको मृत्यु भएको छ भनें अझै धेरै सम्पर्कविहीन भएका छन् । नगर प्रमुख थापाले यो असहज परिस्थितिमा सबैको सहयोग आवश्यक हुने भएकाले समन्वय र सहकार्य गर्न पनि सबैलाई अनुरोध गरेका छन् ।

