वीरेन्द्रनगर नगरपालिकाद्धारा बाढीपहिरोपीडितलाई ५१ लाख रुपैंयाँ सहयोग
काठमाडौं, भदौ २३ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले ५१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । नगरपालिकाको ९१औँ कार्यपालिका बैठकले नगर विपद् व्यवस्थापन कोषबाट ५१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख मोहनमाया ढकालले बताइन् । नगर प्रमुख ढकालका अनुसार भोटेकोशी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति कार्यपालिका बैठकले दुःख व्यक्त गर्दै प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग गर्ने निर्णय गरेको हो ।…

