बालकृष्ण पाण्डेको राजनीतिक यात्रामा अर्को सफलता, कांग्रेस केन्द्रमा प्रवेश
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। पाण्डेले ३ हजार ८२७ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा आफ्नो स्थान सुरक्षित गरेका हुन्। भारतमा रहेर लामो समयदेखि नेपाली कांग्रेसको संगठन विस्तार तथा सामाजिक गतिविधिमा सक्रिय पाण्डेको विजयलाई प्रवासी नेपालीको राजनीतिक सहभागिता र प्रतिनिधित्वका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। चार दशकभन्दा लामो राजनीतिक तथा सामाजिक यात्रामा सक्रिय पाण्डेले प्रवासी नेपालीको हकहितका विषय उठाउँदै संगठनलाई बलियो बनाउन भूमिका खेल्दै आएका छन्। भारतमा…

