सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
राजनीति

नयाँनयाँ बहाना खोज्दै एमाले, संसदमा तीन दलको ‘सेटिङ’

admin
admin

काठमाडौ । नेकपा एमाले प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल हो । उ हरेक समय विभिन्न बहाना गर्दै संसद अवरोध गर्न मन पराउने गरेको छ । कुनै सामान्य कुरा पायो भनें पनि उसले संसदमा तहल्का नै पिट्छ ।

गत प्रतिनिधिसभाको कार्यकालमा पनि एमालेले पटक पटक संसद अवरोध गरेर सरकारलाई निकै दुःख दिएको थियो । ओली २०७८ साल असार २८ गते सरकारबाट बाहिरिएपछिका अधिकांश संसद बैठक एमालेले अवरोध नै गर्यो। एमालेले कसका लागि र के कारणले संसद अवरोध गरेको हो त्यसले जनतामा के प्रभाव पर्छ भनेर सोच्नुभन्दा पनि आवेगमा आएर नै यसो गरेको हो कि भन्ने भान हुने गरेको थियो । एमाले अध्यक्ष केपी ओली अहिले पनि सरकार गलत बाटोमा हिँडेको भन्दै आएका छन् । ओली प्रमुख प्रतिपक्षी दलका नेता भएकाले उनको त्यो भनाई पनि स्वभाविक हो तर एमालेले अहिलेसम्म जनताको पक्षमा के–के काम गर्यो भनेर बुझाउन सकेको चाहिँ छैन । संसदमा एमालेको अवरोधलाई राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आँखा चिम्लेर समर्थन गर्दै आएका छन् । त्यतिमात्र होइन एमालेले पनि अरु दुई पार्टीको कामको पैंचो लगाएका छन् । राप्रपा र रास्वपाले संसद अवरोध गर्नेबित्तिकै एमाले पनि सहयोगी भएर उठ्ने गरेको छ ।

केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको सरकार निर्माणको विषयमा दिएको अभिव्यक्ति विवादित भएको भन्दै संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरोध नै गर्यो । प्रधानमन्त्री तथा उनको सचिवालयले भनें विवादित अभिव्यक्ति नदिएको तर त्यसलाई अतिरञ्जित गरिएको भन्दै स्पष्ट पारेको थियो । प्रधानमन्त्रीले भारतले नै आफूलाई प्रधानमन्त्री बनाएको भन्ने अभिव्यक्ति दिएकाले नेपाल र नेपालीको साथै नेपालको संसदको अवमूल्यन भएको एमालेको ठहर थियो । एमालेले संसदमा प्रधानमन्त्रीको जवाफ मागेको थियो । प्रधानमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएको भनेर एमालेले भने पनि अन्तिममा आएर भनें एमाले संसद अवरोध गर्नबाट पछि हटेको थियो । संसदको अवरोध हुनुपर्ने कारण प्रष्टै भए पनि के सहमतिमा संसद खुल्यो भन्ने एमालेले प्रष्ट नै पार्न सकेन ।

नेताहरुबीच ठूलाठूला कुरामा आपसी सहमति हुने गरेको छ । पार्टीका प्रमुख नेताहरुले सांसद र अरुलाई उचालेर आफ्नो एजेण्डा स्थापित गर्ने प्रयास गरेका हुन्छन् तर प्रमुख नेताहरुको मिलेमतो र आपसी समझादारी भएपछि विषयवस्तु ओझेलमा पर्ने गर्दछ । प्रधानमन्त्रीले दिएको अभिव्यक्ति पनि यस्तै विषय भएको छ, पार्टीले विरोध गर्नुपर्छ भन्यो पार्टीका सांसद र सांसदहरुले विरोध गरे । ओली र दाहालबीच आपसी सहमति भएपछि विषय ओझेलमा पर्यो । सहमति के भयो भन्ने कसैले पनि थाहा पाएनन् । यसमा ओली र दाहालको स्वार्थ भनें पूरा भएको छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्