सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

एक निर्वाचन क्षेत्रमा एक प्राङ्गारिक मल कारखाना बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता

admin
admin

एक निर्वाचन क्षेत्रमा एक प्राङ्गारिक मल कारखाना बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता
१३ साउन । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले प्राङ्गारिक मल बनाउन कारखाना खोल्ने योजना रहेको बताउनुभएको छ । शनिवार सिन्धुलीमा आयोजित सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले स्थानीय तहहरुको समन्वयमा प्रदेश सरकारले एक निर्वाचन क्षेत्रमा एक प्राङ्गारिक मल कारखाना बनाउने बताउनुभएको हो । ‘रासायिनक मलले वातावरण विग्रने, उत्पादन नहुने र भोकमरी कै अवस्था हुने खतरा बढ्दै गएको छ । यसर्थ रासायनिक मलको प्रयोग घटाउदै प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्ने छ । स्थानिय तहहरुसँग समन्वय गरेर आर्थिक बर्ष २०८०÷०८१ मै प्राङ्गारिक मल कारखाना बनाउने छौं ’ मन्त्री श्रेष्ठले भन्नुभयो । मन्त्री श्रेष्ठले वातावरण संरक्षणको लागि प्रत्येक नागरिक सचेत भई आफ्नो घर, टोलको सरसफाईमा ध्यान दिनुपर्नुेमा जोड दिनुभयो । मन्त्री श्रेष्ठले विपी राजमार्गको सुन्दरता जोगाई राख्न राजमार्गमा यात्रा गर्ने यात्रुहरुले प्रयोग गर्ने प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा कडाई गर्नुपर्ने बताउनुभयो ।‘विपी राजमार्गमा बेलाबेलामा सरसफाई गरेर मात्रै हुदैन । राजमार्ग सफा राख्न राजमार्गमा गुड्ने गाडी र यात्रुलाई सचेत गराउनु पर्छ । फोहोर गाडीमै संकलन गरेर निश्चित ठाउँमा विसर्जन गर्ने कार्यलाई कडाईका साथ लागु गर्नुपर्छ’मन्त्री श्रेष्ठले भन्नुभयो । कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले सफा र स्वच्छ नगर बनाउन सबै नगरबासी नागरिक सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आफ्नो घर,टोल आफैले सफा गर्ने बानीको विकास गर्नुपर्ने बताउनुभयो । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कालिमाई मन्दिर परिसर देखि सिलामे सम्म सडक सरसफाई गरिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री श्रेष्ठ, नगरप्रमुख पोखरेल, प्रहरी प्रमुख राजकुमार सिलवाल सहित सशस्त्र प्रहरी, डिभिजन वन कार्यालयका कर्मचारी, राजनितिज्ञ, स्थानिय नागरिक, पत्रकार लगाएतको उपस्थितिमा सडक सरसफाई गरिएको हो ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्