विशेष कारणले बसेन प्रतिनिधिसभाको आजको बैठक
काठमाडौं, साउन १५ । प्रतिनिधिसभाको आज बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ ।
संसद सचिवालयका महासचिव भरतराज गौतमद्धारा जारी सूचनामा विशेष कारणले आज बैठक बस्न नसकेको जनाइएको छ । आज १ बजेको लागि बोलाइएको बैठक भोलि पनि १ बजे नै बस्ने सूचनामा उल्लेख छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्वीन्टल सुनको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएको छ ।

यसअघि १० साउनमा बोलाइएको बैठकमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले बैठक अवरुद्ध गरेको थियो ।

