नेकपा (एकीकृत समाजवादी) को बैठक आज बिहानैबाट सुरु
काठमाडौं, साउन १९ । आगामी भदौ ५, ६ र ७ गते काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकको तयारीका लागि नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक बसिरहेको छ ।
पुष्पलाल स्मृति प्रतिष्ठानमा बिहान ८ बजेदेखि सुरु भएको बैठक दिनभर चल्ने छ । पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेले बैठकले केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्युरोको बैठकको तयारी तथा अन्य समसामयिक विषयमा निर्णय गर्ने जानकारी दिए । उनले भोलि र पर्सी बस्ने पार्टी स्थायी कमिटी बैठक र पार्टी महाविधेशनका विषयमा पनि छलफल हुने बताए । आगामी भदौ ३ र ४ गते केन्द्रीय पोलिटब्युरो बैठक कार्यालयमा बोलाइएको छ ।

