आइतबार, ७ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

शिक्षा ऐनका मस्यौदाहरू संशोधन नगरे देशभरका विद्यालय बन्द गर्ने नेशनल प्याब्सनको तयारी

admin
admin

काठमाडौं । निजी विद्यालयहरुको छाता संगठन राष्ट्रिय निजि तथा आवासीय विद्यालय एशोसिएसन (एन् प्याव्सन) ले शिक्षा ऐनका मस्यौदाहरू संशोधन नगरे देशभरका विद्यालय बन्द गर्ने चेतावनी दिएको छ ।

काठमाडौंको सिनामंगलमा केही दिनअघि बसेको संघर्ष तयारी समितिको बैठकले शिक्षा ऐनका मस्यौदाहरूमा उल्लेख गरिएका विवादास्पद प्रावधानहरू समयमा नै नसच्याए देशभरिका विद्यालय बन्द गर्न र सरकारलाई तालाचाबी बुझाउन आफूहरू बाध्य हुने नेशनल प्याब्सनले जनाएको छ । नेसनल प्याब्सनले शिक्षामा देखिएका समस्याहरू समयमा नै समाधान गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

नेशनल प्याब्सन काठमाडौं जिल्ला समितिका अध्यक्ष खड्गबहादुर बस्नेतको सभापतित्वमा सम्पन्न बैठकको प्रमुख अतिथिमा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमाल रहेका थिए । बैठकमा बाग्मती प्रदेशका उपाध्यक्ष देवनारायण महतोलगायत विभिन्न महानगरपालिका, पालिकाका पदाधिकारीहरूको उपस्थिति रहेको नेशनल प्याब्सन काठमाडौं जिल्ला समिति सचिवालय सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख राजन श्रेष्ठले बताए ।

श्रेष्ठले निजी विद्यालयहरुमाथि सधैं विभेदको नजरले हेर्ने गरेको आरोप लगाएका छन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्