आम जनता पार्टीको केन्द्रीय समितिको बैठक सोमबारदेखि
काठमाडौं, ८ भदौ । प्रभु साह नेतृत्वको आम जनता पार्टीको केन्द्रीय समितिको बैठक आगामी सोमबारदेखि काठमाडौंमा हुने भएको छ ।
पार्टी उपाध्यक्ष तिलक थापा मगरका अनुसार दुई दिनसम्म चल्ने बैठकले समसामयिक राजनीतिबारेमा छलफल गर्ने र पार्टीको भावी रणनीति तयार गर्ने बताए । ‘हाम्रो बैठकले केही महत्वपूर्ण निर्णय गर्ने छ, हामी अब देशव्यापी रुपमा पार्टी विस्तारमा लाग्ने छौं ।’ पार्टी उप–महासचिव अरुण घिसिङले पार्टीमा लामो समयसम्म राजनीति गरेर खारिएकासँगै नयाँ विचार भएकाहरु पनि भएकाले आगामी दिनमा पार्टीले गति लिने बताए ।

